Loading...

Please Wait..

Logo Nepal Veterinary Education
N.V.E.

Post Detail Page

Unlock Your Potential: Explore, Learn, Grow. Discover a World of Knowledge with Us Today!

8

Shares

मत्स्य पालन

माछा सम्बन्धी सामान्य जानकारी : किशोर बडुवाल

POSTED BY Dr. Arun Khanal

Feb 01, 2024
10 months, 1 week ago

माछाको सामान्य परिचय

माछा एक चिसो रगत  भएको जलिए प्राणी हो, जसले गिल्सको माध्यमबाट स्वासप्रस्वास गर्दछ भने पखेटाको माध्यम बाट तैरिने काम गर्दछ। हालसम्मको अनुसन्धान तथा अध्ययन कार्यबाट नेपालमा २५२ जातका माछा पाइएको थाहा भएको छ (Krishi Diary, 2080)।तापनि हाल कृषक/व्यवसायीहरूले मिश्रित माछापालनमा प्रयोग गरिएका सात जातका कार्प माछाहरूमध्ये ३ स्वदेशी तथा ४ विदेशी कार्प जातका माछाहरू निम्नानुसार छनः

स्वदेशी माछाहरूः रोहु, नैनी तथा भाकुर

विदेशी कार्प जातका माछाहरूः सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प तथा कमन कार्प

           माछाको पौष्टिक महत्त्व सम्बन्धि सामान्य जानकारी:

  • माछा उच्च गुणस्तरिययुक्त प्रोटिन, कम चिल्लो पदार्थ र छिटो पच्ने प्रोटिनको स्रोत हो।
  • माछाको मासुमा लाइसिन(Lysine) र सल्फरयुक्त एमिनो एसिड मेथियोनिन (Methionine)जस्ता मानव शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वको मात्रा धेरै भएको पाइन्छ।
  • माछाको बोसोमा ओमेगा३ फ्याट्टी एसिड र पोलि-अनसेचुरेटेड फ्याट्टी एसिड हुनाले माछा खाँदा मानव शरीरमा कोलेस्टेरोल (रगतमा बोसो) को मात्रा कम गरी स्वस्थ बनाउँदछ ।
  • माछामा पोलिअनस्याचुरेटेड ओमेगा-३, लिनोलिक समुहको फ्याटी एसिडहरू प्रचुर मात्रामा पाइने भएकाले यी तत्त्वबाट मानिसको उच्च रक्तचाप कम गरी हृदयाघात हुनबाट जोगाउँछ ।
  • माछाको मासुमा भिटामिन डि र भिटामिन ए प्रचुर मात्रामा हुन्छ।
  • माछा क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, आइरन, कपर, जिंक जस्ता मिनरल्सको पनि स्रोत हो ।
  • माछामा कोलेस्टेरोल कम हुने भएकाले बिरामी, बच्चा, वद्धृ र सबै उमेरका मानिसले सेवन गर्न सक्छन् ।
  • धेरैजसो समुन्द्री माछाहरुमा आयोडिन, ओमेगा-३, भिटामिन ए, फलाम पाइने हुँदा यी पौष्टिक तत्त्वको सहाराले अन्धोपन, एनेमिया (रगतको कमी) र गलगाँड जस्ता रोग हुनबाट मानिसलाई बचाएर शरीर तन्दुरुस्त पार्दछ ।

      व्यावसायिक मत्स्य पालनगर्दा बिशेस ध्यान दिनु पर्ने कुराहरूः

  • उपयुक्त ठाउ जहाँ पानीको कमि नहुने जमिन छनौट गरी पोखरी निर्माण गर्ने ।
  • पोखरी को आकार बारे मत्स्य विज्ञ संग परामर्श लिने र पोखरी बनाउने ।
  •  पोखरीमा १ मीटर भन्दा बढी पानीको गहिराइ कायम गर्ने ।
  •  प्राकृतिक आहारा निर्माणका लागि नियमित रूपमा मलखाद (प्रति कट्ठा पाकेको गोबरमल १०० के .जी., युरिया ४ के .जी., डि.ए.पी. ३ के .जी. सरुमा) को प्रयोग गर्ने ।
  •  तिन इन्चभन्दा ठूलो साइजको अनुपात मिलाएर ७ जातको (कमन कार्प २५%, सिल्भर कार्प ३५%, बिगहेड कार्प ५%, ग्रास कार्प ५%, रहु १०%, नैनी १५%, भाकुर ५%) मत्स्य भूरा प्रति कट्ठा ३५० देखि ५०० संख्यामा स्टकिङ गर्ने ।
  •  मत्स्य पालन/उत्पादनमा हुने जोखिम न्यून्यूीकरण गर्न मत्स्य बीमा गर्ने ।
  • दानको गुणस्तर कायेम गर्ने ।सकेसम्म पेलेट दाना प्रयोग गर्ने ।
  •  पोखरीमा पानीको नियमित जाँच गरी गुणस्तर कायम गर्ने  ।
  •  एरेएटरको प्रयोग गरी अक्सिजनको कमीबाट माछालाई बचाउने।
  • माछाको नियमित रूपमा स्वास्थ्य एवं वद्धिृदर जाँच गर्ने ।
  •  एकीकृत माछापालन गरी डिलको सदपयोग गर्न ।
  •  बिक्री योग्य माछा बिक्री गरी पुन: भूरा स्टकिंग गर्ने ।
  •  माछापालनको उत्पादन, आम्दानी खर्चको रेकर्ड अध्यावधिक गर्ने।
  • अन्तमा सबै भन्दा महत्वपुर्ण कुरा भनेको सके हप्ता  नभए महिना को एक पटक मत्स्य प्राबिधिकहरुसंग पोखरी को अबोलोकन गरी चेकजाच गर्ने लगाउने ।
0

Leave a Reply

NEXT POST

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७

संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा. व्यवस्था गर्न बनेको ऐन................