Loading...

Please Wait..

Logo Nepal Veterinary Education
N.V.E.

Post Detail Page

Unlock Your Potential: Explore, Learn, Grow. Discover a World of Knowledge with Us Today!

11

Shares

मत्स्य पालन

माछामा लाग्ने एक घातक protozoan रोग ICHTHYOPHTHIRIUS MULTIFILIIS (White Spot Infection in Fish) बारे जानकारी ...............

POSTED BY Dr. Arun Khanal

Feb 20, 2024
4 months ago

माछामा लाग्ने एक घातक protozoan रोग ICHTHYOPHTHIRIUS MULTIFILIIS (White Spot Infection in Fish) जसको संक्रमण ले गर्दछ माछा हरु सखाप आउनुहोस रोगको बारेमा सम्पूर्ण जानकारी

 

 

    परिचय:

  • यो एक कोषिय, प्रायजसो ठुलो, शिलिया हुने protozoan हो ।

  • यसले माछा मा " ICH" अथवा " White spot disease" लगाउदछ ।

  • यो एक Fresh water Aquarist and commercial fish producers हरुको मुख्य समस्या हो ।

  • यो रोग निकै सङ्क्रामक  र एकदमै छिटो एक माछाबाट अर्को माछा मा सर्न सक्दछ, यो परजीबी कुनै माध्यम बिनानै सर्न सक्दछ (Direct life cycle)

  • यसको outbreaks जुन सुकै समयमा पनि हुन सक्छ, प्रायजसो भने जतिबेला पानीको तापक्रम अधिक्तम हुन्छ त्यसबेला यो परिजीबीको life cycle छिटो अगाडी बढ्छ ।

  • यो प्रायजसो त्येस्तो पोखरीमा खतरनाक हुन्छ जसमा माछा को घनत्व धेरै हुन्छ।

  • यो एक Obligate Parasite हो ।

  • यदि यो रोगको समयमा उपचार भएन भने यसले १००% माछा समेत मार्न सक्छ ।

 

रोगका लक्षणहरु:

  • छाला, पखेटा र गिल्सहरुमा ससाना White Spot र गिर्खाहरु देखा पर्छन ।

  • जतिबेला सम्म त्यो White Spot अथवा गिर्खा हरु नाङ्गो आखाँले देखिने गर्छन तेतिबेला सम्म भने माछा एकदमै कमजोर भइसकेको हुन्छ ।

  • White spot हरु देखिनु भन्दा पहिले माछाले विभिन्न लक्षण हरु देखाउछ, जस्तै, Irritation. उफ्रिने , increased mucus,  कमजोर हुने,  दाना प्रति रुची कम र माछा एकठाउमा झोक्रएर बस्छ ।

  • एउटा राम्रो संग तालिम प्राप्त किसानले भने यी परिबर्तन हरु सबै थाहा पाउन सक्छ ।

  • यदि यो परजीवी गिल्समा छ भने माछा को मृत्युदर पनि बढी हुने गर्दछ।

  • यसको जाचको लागि छाला र गिल्सको जब पहिलोपटक रोगको लक्षण देखाउछ त्यसपछि जम्मा गरी light microscope को मद्दतले biopsies गर्नु पर्दछ ।

 

    रोगको निधान (Diagnosis of disease)

  • यो रोगको निधान भने Compound Microscope बाट गर्न सकिन्छ।

  • जति बेला सेतो धब्बाहरु देखिन्छ त्यतिबेला संक्रमित भागमा कोतरेर (टाउको देखि पुछर तिर) छाला र mucos हटाउने ।

  • त्यसपछि भने धारिलो कैची प्रयोग गरेर संक्रमित भागबाट tissue लिने र स-साना भागहरुमा टुक्र्याउने यसो गर्दा परिक्षण गर्न सहज हुन्छ। 

  • यसरी प्रत्येक tissue फरक फरक Glass slide मा राख्ने र ग्लास स्लिप प्रयोग गरेर Compound Microscope मा हेर्ने ।

  • Compound Microscope मा हेर्दा परिपक्क Trophont  ( Life cycle को एउटा चारण ) देखा पर्दछ, जो हेर्दा ठुलो गोलाकार र खैरो रंग को हुन्छ ( Due to cilia covering the entire cell)

  • यसको साइज ०.५- १ एम.एम. सम्म हुन्छ ।

  • यो चरणमा परिजीबीको आकार भने Horseshoe- or C- shaped जस्तो हुन्छ।र् बिस्तारै एक्सिसको वरिपरी घुमिरहेर्को हुन्छ।कहीलेकाही Amoebia को जस्तो चाल देखाउदछ ।

  • एदि एउटा मात्र पनि ICH परजीवी छ भने उपचार गर्नु उपयुक्त मानिन्छ किनभने रोग बिस्तारै बढ्दै गएमा माछा लाई निको पर्न निकै कठिन हुन्छ।    

 

    रोगथामका उपायहरु (Preventive measures )

  • यो परजीबी धेरै तापक्रममा सक्रिय देखिने भएकाले पोखरी को तापक्रमलाई निकै नै ध्यान दिने ।

  • माछाका भुराहरु पैठारी गरेर ल्याईसकेपछि  उक्त माछालाई कम्तिमा ३० दिन जति क्वारेनटाइनमा राख्न पर्दछ। यसो किन गर्ने भन्दा ICH परिजीबी लागेको १-३  हप्तामा अलि बढी देखिने भएकाले क्वारेनटाइन गर्नु उपयुक्त मानिन्छ।

  • माछाका जालहरु disinfection गरेर मात्र प्रयोग गर्ने ।

  • यो परिजीबीको Tomont चरण Aerosolization बाट पनि सर्ने भएकाले निकै सावधानी अपनाउनु पर्दछ ।

 

    सामान्य उपचार ( General Treatment):

  • यो रोगको निधान भैसकेपछि तुरुन्तै उपचार सुरु गर्न अति आवस्वक हुन्छ ।

  • हुनत यो परजीबीलाई नियन्त्रण गर्न निकै गारो हुन्छ किनभने एसको जिबन चक्र निकै Complex, Multiple Protected Stages र एउटा परिजीबीले नै धेरै संख्यामा सन्तान उत्पादन गर्न सक्छ ।

  • एकचोटीको रसायन को प्रयोगले भर्खरै बाहिर आएका Theronts चरण हरुलाई मात्र मार्दछ । जुन Theront हरु छाला र गिल्स भित्र छिरेका हुदैनन् त्यसकारण पटक पटक उपचार गर्नुपर्दछ

  • यसको पोखरीमा उपचार गर्दा पोखरीमा भएको झारपातलाई सकेसम्म हटाई दिनुपर्दछ, यसो गर्दा जुन TOMONT चरणको परजीबीको संक्रमण कम हुन्छ, यो चरणको परजीबी त्यही झारपातमा टासिन सक्छ ।

  • जुन पोखरीको उपचार भैरहेको हुन्छ त्यहाँको पानी भने अन्त कतै फाल्न हुदैन यसो गर्दा परिजीबी एक पोखरी देखि अर्कोमा जान पाउदैन ।

  • यदी ICH भएर  मरेको कुनै माछा छ भने पोखरी बाट हटाउन पर्दछ, नत्र भने परिपक्क भएको Trophont मरेको माछालाई छोडेर बाताबरणमा बच्चा उत्पादन गर्दछ ।

  • पोखरीको तापक्रम संग यो परिजीबीको निकै नै सम्बन्ध हुने भएकाले पोखरी को तापक्रमलाइ पटक पटक जाच गरिरहने र सोहि अनुरुप उपचार गर्दै जानुपर्दछ ।

  • यो परिजीबी बाट निको हुदै गर्दा माछा निकै कमजोर हुने भएकाले माछालाई निकै निगरानीमा राख्ने गर्नु पर्दछ नत्र भने अरु कुनै Bacteria  Viruses हरु ले आक्रमण गर्न सक्दछ ।

 

    रसायनद्वारा उपचार ( Chemical treatment)

  • रसायनको प्रयोग प्राय जसो पोखरीको पानीको गुणस्तर अनुसार, माछाको जात, माछा पालनको पद्दति आदि कुराले निर्धारण गरिन्छ ।

  • कपर सल्फेट र फर्मालिन दुवै एकदमै प्रभाबकारी हुन्छ । यदि सहि डोज मा पटक पटक उपचार गरियो भने माछा मर्न बाट बच्ने सम्भावना हुन्छ ।

 

    कपर सल्फेट

  • यसको प्रयोग भने पोखरीको क्षारियपनमा भर पर्दछ, प्रयोग गर्नु भन्दा पहिले पोखरीको क्षारियपन मापन गर्ने यदि यो मापन ५० एम.जी./लि. भन्दा कम छ  भने यो रसायन प्रयोग गर्नुहुदैन ।

  • यसको प्रयोग गर्ने तरिका यदि मानौ पोखरीको क्षारियपन १०० एम.जी./लि. छ भने त्यसलाई १०० ले भाग गरि गर्ने लगभग १ एम.जी /लि. प्रयोग गर्ने ।

 

    फर्मालिन  

  • यसको प्रयोग भने ट्यांकहरुमा बढी गरिन्छ पोखरीको तुलनामा र उपयुक्त पनि ट्यांकहरुमा नै मानिन्छ ।

  • यसको प्रयोग गर्नुभन्दा पहिले एकदम धेरै अक्सिजन प्रभाह गर्नु पर्दछ ।

  • यसको प्रयोग भने २५ एम.जी./ लि. जुन १ एम.एल फर्मालिन संग बराबर हुन्छ र त्यस्मा १० ग्यालन कल्चर गरिएको पानी मिसाएर गर्नु पर्दछ । 

 

किशोर बडुवाल 

बि. एस्सी. फिसरिज, AFU, रामपुर 

********

 

1

Leave a Reply

NEXT POST

माछा सम्बन्धी सामान्य जानकारी : किशोर बडुवाल

माछाको परिचय, पौष्टिक महत्त्व र व्यावसायिक मत्स्य पालन गर्दा ध्यान दिनु पर्ने कुराहरू.....