पाल्तु जनावरमा (Domestic animal) खोपको महत्व
पाल्तु जनावरमा (Domestic animal) खोपको महत्व र जनावरलाई स्वास्थ्य राख्न अपनाउने उपाय सम्बन्धी पायोनियर्स एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्धक डा. पदम टण्डन संग गरेको कुराकानीका केहि महत्वपूर्ण अंशहरु:
१. जनावरहरुको स्वास्थ्य भन्नाले के बुझिन्छ?
जनावरको स्वास्थ्य भन्नाले “पशु कुनै पनि शारीरिक तथा मानसिक रोग तथा दुर्वलतावाट मुक्त रहेको र आफ्नो सामान्य व्यवहारहरु व्यक्त गरिरहेको अबस्थालाई बुझ्न सकिन्छ”। सामान्य अर्थमा भन्नु पर्दा मानवको स्वास्थ्य र पशु को स्वास्थ्य भनेको उस्तै नै हो । हामीले बुझ्नु पर्ने प्रमुख कुरा भनेकै स्वास्थ्य मानिस र जनावरमा फरक परिभाषा छैन ।
२. जनावर स्वास्थ्य राख्नु को प्रमुख आवश्यकता किन छ ?
उत्पादन लिनु पर्ने जनावर भए ति जनावरबाट उच्चतम उत्पादन होस साथै ति उत्पादनहरु सफा, सुरक्षित र संक्रामक रोग रहित होस भन्नको लागि त्यसै गरि पशुहरुवाट कुनै किसिमको रोग मानिसमा नसरोस (संक्रमण) भन्नको लागि र साथै पशुहरु रोगको पिडाबाट मुक्त रही लामो आयु जीवित रहनु भन्नको लागि जनावरहरु स्वास्थ्य राख्नु पर्ने आवश्यकता शृजना भयो ।
३. जुनोटिक रोग भन्नाले के बुझिन्छ? पाल्तु जनावरवाट मानिसमा सर्ने रोगहरु के के हुन ?
सामान्यतया पशुबस्तुहरुवाट मानिसमा र मानिसवाट पशुबस्तुहरुमा सर्न सक्ने खालका रोगहरुलाई जुनोटिक रोग भनिन्छ । पाल्तु जनावरवाट मानिसमा सर्ने रोगहरु जस्तै; रेबिज (Rabies), पटके (Anthrax), टि.वि. (Tuberculosis), ब्रुसेलोसिस (Brucellosis), लेप्टोस्पाइरोसिस (Leptospirosis), एभिएन इन्फ्लुजा (Avian Influenza), टेनिओसिस (Taeniasis), जापानिज इन्सेफलाइटिस (Japanese encephalitis), साल्मोनेलोसिस (Salmonellosis) आदि हुन ।
४. स्वास्थ्य जनावर र रोगि जनावर हामीले कसरी छुट्टाउन सकिन्छ ?
सामान्य अबस्थामा कुनै पनि पशुले आफ्नो प्राकृतिक व्यवहारहरु ब्यक्त गरीरहेका छैन भने त्यस्तो पशुमा कुनै रोगको शंका गर्न सकिन्छ । अझ भन्नु पर्दा पशुले आहारा कम वा धेरै खाने, श्वास-प्रश्वासको गति पनि औसत भन्दा कम वा बढी हुने, दिशा पिशावको रंग वा बनावट फरक देखिनु, पशु हिडडुल कम गर्नु वा नसक्नु, नाकको थुथना शुख्खा हुनु, शरीरको तापक्रम सामान्य भन्दा कम बढी हुनु, शरिरको कुनै भागमा गिर्खा वा असामान्य आकारको संरचना देखिनु जस्ता लक्षण भनेको पशु रोग देखा परेको लक्षण हो ।
५. जनावरलाइ स्वास्थ्य राख्न के के गर्नु पर्दछ ?
मुख्यतया जनावरलाई स्वास्थ्य राख्न चार कार्य गर्नुपर्दछ ।
क. आन्तरिक र बाह्य परिजिवीको नियन्त्रण र खोप समय तालिका अनुसार लगाउनु पर्दछ ।
ख. कुनै पनि रोग लागेमा समयमा नै शीघ्र उपचार गरि रोगि पशु र स्वास्थ्य पशुलाई छुट्टै स्थानमा राख्नु पर्दछ ।
ग. पशुको उमेर, तौल र आवश्यकता अनुसार सन्तुलित आहारको ब्यबस्था हुनुपर्दछ ।
घ. फार्ममा सावधानि पुर्वक जैविक सुरक्षाका मापदण्डहरु अपनाउनु पर्दछ ।
६. हामीलाई सर्न सक्ने जुनोटिक रोगहरु वाट कसरी बच्न सकिन्छ ?
जुनोटिक रोगहरुवाट बच्न निम्न उपायहरु अपनाउन सकिन्छ ।
क. जुनोटिक रोग विरुद्धको समयमै खोप लगाउने र रोगि पशुको सावधानि तरिकाले उपचार गर्ने ।
ख. उपचार गर्दा आवश्यकता अनुसार (PPE) सुरक्षा उपकरणहरुको प्रयोग गर्ने ।
ग. मृत पशुहरुलाई सुरक्षित तरिकाले Dispose गर्ने ।
घ. पशु उत्पादनहरुलाई सफा र निर्मलीकरण गरि उपभोग गर्ने ।
ङ. सरकारी क्षेत्रवाट समय समयमा जुनोटिक रोगहरुको Surveillance गरि आवश्यक कदम चाल्ने तथा आम मानिसहरुलाई जनचेतना जगाउने ।
च. मानव स्वास्थ्य, वातावरण स्वास्थ्य तथा पशु स्वास्थ्य क्षेत्रका सरोकारवाला निकायले यस बिषयमा समन्वय र सहाकार्य गरि अघि बढ्ने ।
७. पशुहरुमा लगाउने खोपको तालिका के कस्तो छ नि ?
खोप भन्नाले कुनै पनि रोगले आक्रमण गर्नु भन्दा पहिला नै त्यो रोग ले आक्रमण नगरोस भनेर सुई मार्फत सरिरमा दिइने एकप्रकारको जैविक पदार्थ हो । प्रायगरी खोप जीवित र निस्क्रिय गरी दुई प्रकारको हुन्छ । नेपालमा पशुहरुमा प्रयोग गरिने धेरै खोपहरु रास्ट्रिय खोप उत्पादन प्रयोगशाला मा उत्पादन हुने गर्दछन (https://nvpl.gov.np/)। हाल नेपालमा पशुपन्छी मा सिफारिस गरिएका खोप तालिका यस प्रकार छ ।
Vaccination Schedule in livestock animals
Cattles and Buffaloes (गाई/भैसी)
S.N. | Vaccine | Disease | Age (in month ) | Booster (After) | Repetition | Vaccination Month |
1
|
FMD (Hext) | FMD | 3-8 W | 3M | 6M | भाद्र र फाल्गुन मसान्त |
FMD (Rakshya) |
FMD | 4M | 1M | |||
2 | HS and BQ | HS/BQ | All age | 6 M | Annually | वर्षा सुरु हुनु अगाडी |
3 | Anthrax spore |
Anthrax | All age | 6 M | Annually | वर्षा सुरु हुनु अगाडी |
Sheep/Goat (भेडा/बाख्रा):
S.N. | Month | Disease |
1 | पौष/माघ | CCPP |
2 | फाल्गुन/चैत्र | PPR |
3 | चैत्र/बैशाख | pox |
4 | बैशाख/जेष्ठ | Enterotoxicosis |
5 | बैशाख/जेष्ठ | FMD |
Dog & Cat (कुकुर/बिरालो):
Dog Vaccination Schedule
Age |
Vaccine |
6-8 weeks |
DHPPIL + Canine Corona + Deworming |
10-12 Weeks |
DHPPIL + Canine Corona + Rabies + Deworming |
14-16 Weeks |
DHPPIL + Canine Corona + Rabies + Deworming |
Cat Vaccination Schedule:
Age |
Vaccine |
6-8 weeks |
Tricat (FPL, FRT, Calci Virus ) + Deworming |
10-12 Weeks |
Tricat + Rabies + Deworming |
14-16 Weeks |
Tricat + Rabies + Deworming |
कुखुराको सिफारिस खोप तालिका
लेयर्स कमर्सियल कुखुराको खोप तालिका
उमेर |
रोग |
भ्याक्सिनको किसिम |
भ्याक्सिनेसन तरिका
|
१ दिन |
मरेक्स |
सि.भि. १९८८ वा –१ एस वि–१ |
छालामनुी
|
५–७ दिन |
रानीखेत |
एफ –१ लासोटा |
१ थोपा आँखामा
|
८–१२ दिन |
गम्बोरो |
ईण्टरमिडिएट |
१ थोपा आँखामा
|
१८–२० दिन |
मरेक्स |
एच.भि.टी. फ्रिज हाइड्रेड
|
छालामनुी |
२४–२६ दिन |
गम्बोरो |
ईण्टरमिडिएट |
पानीमा
|
२८–३० दिन |
आई.वि. रानीखेत |
आई.वि. लासोटा |
पानीमा
|
४२ दिन |
फाउल पक्स |
फाउल पक्स |
पखेटामा
|
४९–५० दिन |
रानीखेत |
आई.वि. लासोटा आई.वि |
पानीमा
|
८–१० हप्ता |
रानीखेत |
आई.वि. आर. १ वि. |
मासुमा |
१२–१४ हप्ता |
फाउल पक्स |
फाउल पक्स |
पखेटा (विङ्ग वेभ) |
१५ हप्ता |
आई.वि. |
आई.वि.एच. १२० |
पानीमा
|
१६ हप्ता |
रानीखेत |
लासोटा/एफ १ |
पानीमा
|
उपरोक्त तालिका बमोजिम भ्याक्सिनेसन गरिसके पश्चात अधिकतम उत्पादन अवस्थामा कुखुरा आईसके पछि प्रत्येक २-२ महिनामा आई.वि. र लासोटा भ्याक्सिन दिदै जानुपर्दछ ।
ब्रोईलर कुखुराको खोप तालिकाः
उमेर |
खोपको नाम |
खोप लगाउने तरिका
|
१ दिन |
मरेक्स /रानीखेत एफ १ |
नाक, आँखामा |
१४ दिनमा |
गम्बोरो ईन्टरमिडिएट (जीवित) |
नाक, आँखामा |
२१ दिनमा |
रानी खेत एफ १ वा लासोटा |
नाक, आँखामा, पानीमा |
२८ दिनमा |
गम्बोरो ईन्टरमिडिएट (जीवित) |
नाक, आँखामा, पानीमा |
• यदि ब्रोईलरको प्यारेण्ट स्टकलाई १ दिनको उमेरमा रेस्पिन भ्याक्सिन (मरेक्स विरूद्ध) लगाईएको छ र पनुःरेस्पिन भ्याक्सिनले नै बसु्टर गरिएको छ भने त्यस्ता फार्मबाट उत्पादिन चल्लाहरूलाई एच.भि.टी. भ्याक्सिन दिनपुर्दछ ।
• यदि ब्रोईलरको प्यारेण्ट स्टकलाई १ दिनको उमेरमा रेस्पिन भ्याक्सिन (मेरक्सविरूद्ध) लगाईएको छ र वसु्टर भ्याक्सिन एच.भि.टी. दिईएको भने त्यस्ता फार्मबाट उत्पादित चल्लाहरू लाई रेस्पिन भ्याक्सिन दिनपुर्दछ ।