Loading...

Please Wait..

Logo Nepal Veterinary Education
N.V.E.

Post Detail Page

Unlock Your Potential: Explore, Learn, Grow. Discover a World of Knowledge with Us Today!

3

Shares

News

Rabies Unmasked: A Deep Dive into the Deadly Virus

POSTED BY Dr. Arun Khanal

Dec 26, 2023
4 months ago

(World Rabies Day Sept. 28, 2023 "All for One, One Health for All")

रेविज रोगको परिचय :

रेविज एक अत्यन्त संक्रामक प्राणघातक भाइरस (विषाणु) द्वारा लाग्ने जुनोटिक रोग हो। यो रोग लाइस नामक विषाणुको संक्रमण बाट लाग्ने गर्छ । यसले स्तनधारी जनावर (कुकुर, बिरालो, स्याल लगायत मानिस) को केन्दीय स्याणु प्रणालीमा असर गर्ने गर्छ ।

कारक तत्व:

रेबिज रोग Rabdoviradae family को Genus lyssa virus द्वारा लाग्ने गर्छ। यो भाइरस bullet आकारको देखिन्छ ।

सर्ने तरिका र विकासक्रम: प्रायगरी रेबिज रोग रेबिड जनावरको टोकाईवाट सर्ने गर्छ । rabid जनावरको र्यालमा संक्रामक भाईरस रहने गर्छ । भाइरस आफै छालावाट छिर्दैन, केहि घाउ अथवा टोकाई मार्फत संक्रामक बस्तु (र्याल, cerebrospinal liquid, nerve tissue), भाइरस छाला भित्र छिर्ने गर्छ ।

जब भाइरस भित्र छिर्छ त्यसपछि भाइरसले कोषको receptors मा बाध्ने गर्छ । भाइरसले आफ्नो संख्या मांसपेशीमा बढाउने गर्छ र स्नायुमा असर गर्ने गर्छ । त्यसपछि भाइरस त्यहावाट केन्द्रिय स्नायु प्रणालीमा axoplasmatic transport mechanism मार्फत जान्छ । motor and sensory दुवै nerve fibres मा असर गर्ने कुरा संक्रामक जनावरमका भर पर्छ । जब एक पटक केन्द्रिय स्नायु प्रणालीमा भाइरस पुग्छ, त्यहा नै उसले आफ्नो संख्या बढाउन थाल्छ र त्यसले आफ्नो असर स्नायुमा देखाउन थाल्छ ।त्यसपछि भाइरस anterograde axoplasmic flow मार्फत peripheral nerve मा पुग्छ जसले स्नायु बाहेकका अन्य तन्तुहरुमा पनि संक्रमण गराउछ जस्तैः र्याल ग्रन्थीको secretory tissue। जब रेबिजको लक्षण देखाउन थाल्छ त्यो बेला भाइरस शरिर भरि नै पुग्छ । र्यालमा संक्रामक भाइरस रहन थाले पछी रेबिज भाइरसको संक्रमण चक्र पुरा हुन्छ ।

रेबिजको लक्षण: रेबिज भाइरस Neurotrophinc भाइरस भएकाले यसको लक्षण जव भाइरस दिमागमा पुग्छ तब मात्र देखाउछ । रेबिज को भाइरस शरिरमा प्रवेश गरिसकेपछि लक्षण देखाउने सम्मको समयलाई ओथारो समय (Incubation Period) भनिन्छ । त्यो Incubation period प्रमुखतया ३ वटा कुरामा भर पर्छ । १. टोकेको ठाऊबाट दिमाग सम्मको दुरी २. रेबिज भाइरसको प्रकार ३. पहिले देखि भएको रोग प्रतिरोधात्मक क्षमता । Incubation period सामान्यतया २ देखि ३ महिना हुन्छ तर तो १ हप्ता देखि १ वर्ष सम्म पनि हुन्छ । शुरुको अबस्थामा कमजोरी महशुस हुने, असजिलो हुने, ज्वरो आउने, टाउको दुख्ने, टोकेको ठाउँमा चिलाउने, जस्ता लक्षणहरु देखा पर्छन । जब भाइरस केन्द्रिय स्नायुमा पुग्छन तब मानशिक असन्तुलनको जस्ता लक्षण देखिन थाल्छन । रोगको बिकास हुदै जादा बिर्सने, झुक्किने, anxiety, दृस्टीभ्रम हुने, असामान्य ब्याबहार देखाउने, पानी देखि डराउने निद्रा नलाग्ने, मानसिक अस्थिरता जस्ता दिमाग संग सम्बन्धित लक्षण देखिने र अन्त्यमा Cardiovascular Arrest बाट मृत्यु हुन्छ ।

विश्वमा रेबिज सम्बन्धी केहि बिस्वब्यापी तथ्यहरु: रेबिज १००% प्राणघातक रोग हो । बिस्वमा करिब ५९००० मानिस प्रत्येक बर्ष रेबिज रोगबाट मर्ने गर्छन (WOAH) । ९९% मानिसमा देखिने रेबिज संक्रमित कुकुरको टोकाई बाट लाग्ने गर्छ । ९५% भन्दा वढी मानिस रेबिजवाट अफ्रिका र एसियामा नारने गरेको पाइएको छ । करिव ४०% मृत्यु हुनेमा केटाकेटीहरु भएको पाइएको छ । 80% भन्दा वढी रेविज रोग ग्रामिण क्षेत्र (जनचेतना र शिक्षाको कमि) भएको ठाउमा हुने गरेको पाइएको छ ।

रोगको निदान: जनावरहरुमा प्रायगरी infected brain (दिमागको) कुनै भाग (preferably the brain stem and cerebellum) लिएर RD test गर्न सकिन्छ, FAT Test,  त्यस्तै RT-PCR गरी पत्ता लगाउन सकिन्छ । संकास्पद जनावरलाई Euthanize गरेर अथवा मरेको जनावर वाट brain stem cell लिएर test गर्न सकिन्छ । त्यस्तै गरी मानिसमा र्याल बाट भाइरस छुटाएर RT-PCR मार्फत पत्ता लगाउन सकिन्छ।

बच्ने उपाय:

१. कुकुर बिरालो हरुमा अनिबार्य रुपमा रेबिज बिरुद्धको खोप लगाउने । सुरुमा १२ हप्ता र प्रत्येक बर्ष बुस्टर डोज लगाउनु पर्छ ।

२. घर पालुवा जनावरलाई जंगली जनावर संग घुलमिल नबनाउने, जंगली जनावर को प्रत्यक्ष सम्पर्कमा नजाने र घरपालुवा जनावर, केटाकेटी कसैलाई संगै खेल्न नदिने ।

३. घर हरु जंगली जनावरलाइ मन नपर्ने खालको बनाउने

४. कुनै संकास्पद जनावरको सम्पर्कमा आएमा डाक्टर संग सल्लाह गरी Post Exposure Vaccine लगाउने ।

५. रेबिज सम्बन्धि जनचेतना फैलाउने कार्यहरु गर्ने ।

 

डा. अरुण खनाल 

1

Leave a Reply

NEXT POST

भेटेरिनरी समुह, राजपत्रांकित तृतीय श्रेणीको , खुला प्रतियोगात्मक परिक्षाको दोश्रो परिक्षाको पाठ्यक्रम

नेपाल कृषि सेवा, भेटेरिनरी समुह, राजपत्रांकित तृतीय श्रेणीको , खुला प्रतियोगात्मक परिक्षाको दोश्रो परिक्षाको पाठ्यक्रम