पशुपन्छी उधोग स्थापना, निकासी, पैठारी सिफारिस र बिक्रीवितरण अनुमति सम्बन्धी निर्देशिका २०८०
पशुपन्छी उधोग स्थापना, निकासी, पैठारी सिफारिस र बिक्रीवितरण अनुमति सम्बन्धी निर्देशिका २०८०
नेपाल सरकार, पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री ज्यूवाट मिति २०८०/०८/०१ गतेका दिन स्वीकृत भई "पशुपन्छी उधोग स्थापना, निकासी, पैठारी सिफारिस र बिक्रीवितरण अनुमति सम्बन्धी निर्देशिका २०८०" लागु भएको हो । उक्त निर्देशिकाको प्रस्तावनामा पशुजन्य उद्योग स्थापना, निकासी पैठारी सिफारिस तथा विक्रीवितरणको लागि अनुमति प्रदान गर्ने प्रकृयालाई व्यवस्थित, सहज, प्रभावकारी र पारदर्शी बनाई प्रचलित कार्यविधिमा उल्लेखित व्यवस्थालाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले जारी गरेको उल्लेख गरिएको छ। यस निर्देशिकामा ४ (चार) परिच्छेद १५ (पन्द्र) दफा र १३ (तेह्र) अनुसूचीहरू छन । निर्देशिकाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन को दफा १७ (उधोग स्थापना गर्न सिफारिस पत्र लिनुपर्ने), दफा १८ (निकासी वा पैठारी गर्न सिफारिस लिनुपर्ने) र दफा १९ (अनुमति लिनु पर्ने) मा ब्यबस्था भएका प्रक्रियालाई ब्यबस्थित र सहजीकरण गर्न पशु सेवा विभागको महानिर्सिदेशकको अध्यक्षतामा सिफारिस समितिको ब्यबस्था गरेको छ। सिफारिस समितिले तपशिल बमोजिमका कार्यहरु गर्ने उल्लेख भएको छ ।
(१) जैविक पदार्थ, चल्ला, माछाका भुरा, पशु दाना, छाला तथा मासु प्रशोधन, डिस्इन्फेक्टेन्ट् सम्बन्धी उद्योग स्थापनाका लागि सिफारिस गर्ने,
(२) पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको निकासी पैठारी सम्बन्धी सिफारिस गर्ने,
(३) सिफारिस समितिले निकासी वा पैठारी हुने पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको कोटा एवं गुणस्तर निर्धारण गर्न विभागलाई सहयोग र सिफारिस गर्न सक्नेछ.
(४) सिफारिस समितिले दफा ४ को उपदफा (२) बमोजिमका उद्योगहरूको अनुगमन, र मुल्याङ्कन गर्न सक्नेछ,
(५) सिफारिस समितिले पैठारी भएका पशु, पशुजन्य पदार्थका तथा पशु उत्पादन सामग्रीको आवश्यकता अनुसार अनुगमन मुल्याङ्कन एवं जोखिम विश्लेषण गर्न विभागलाई सहयोग र सिफारिस गर्न सक्नेछ ।
सिफारिस समिति अन्तर्गत विभिन्न उप समितिहरु पनि रहेका छन । आयात निर्यातको कार्य नेपाल रास्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window) NNSW को वेव मार्फत गर्न सकिने छ ।
उक्त निर्देशिका तलको लिंकमार्फत डाउनलोड गरी हेर्न र पढ्न सकिन्छ ।
https://drive.google.com/file/d/1irM7kpXf1KMvgCAzHgCAm0eKY7FxJAqU/preview