Loading...

Please Wait..

Logo Nepal Veterinary Education
N.V.E.

Post Detail Page

Unlock Your Potential: Explore, Learn, Grow. Discover a World of Knowledge with Us Today!

4

Shares

बाख्रा पालन

बाख्रा पालन गर्दा के के कुरामा ख्याल गर्नुपर्छ : बिक्रम खनाल

POSTED BY Dr. Arun Khanal

Jul 23, 2024
7 months, 3 weeks ago

बाख्रा पालन नै किन?
-प्रतिजनावर मूल्य कम पर्ने र घर परिवारले नै स्थानीय श्रोत साधनको प्रयोग गरि गर्न सकिने हुनाले सुरुवाती लगानी अन्य पशुपालन व्यवसाय भन्दा कम पर्न जान्छ।
-उत्पादन छोटो समयबाट नै लिन सकिन्छ।
-रोगहरु कम लाग्ने, प्रति बाख्रा मुल्य कम हुने र अप्ठ्यारो परे जुनसुकै बेलामा पनि बेच्न सकिने भएकाले अन्य पशुपालन व्यवसाय भन्दा यसमा जोखिम पनि कम हुन्छ।
- नेपालमा अझै पनि खसी-बोकाको माग धान्न नसकेर लाखौंको सङ्ख्यामा बाख्रा/खसी-बोका आयात गर्नुपर्ने स्थिति छ। यसमा अर्बौं रुपैयाँ विदेशीनबाट रोक्नका लागि पनि व्यवस्थित र व्यावसायिक रुपमा बाख्रापालन गर्नुपर्ने देखिएको छ।
अब बाख्रापालन गर्ने सोच भएका वा पहिलेदेखि नै बाख्रा पालन गर्दै आएपनि अपेक्षित रुपमा उत्पादन लिन नसकिरहनु भएका किसानमा बाख्रापालन सम्बन्धि निम्न आधारभूत कुराहरुको जानकारी हुनुपर्दछ।

जात छनौट

बाख्राबाट अधिकतम आम्दानी लिन हामीले बाख्रा पालन गर्ने ठाँउको हावापानी, हामीले पुर्याउन सक्ने हेरचाह र बाख्राका जातको उत्पादन क्षमताका आधारमा हामीलाई उपयुक्त हुने जात छनोट गर्नु पर्दछ अहिले नेपालमा पालिदै आएका बाख्राको संक्षिप्त जानकारी यस प्रकार छ ।

स्थानिय जात

  • च्याङ्ग्रा  - यो जातको बाख्रा नेपालको हिमाली भेगमा पालिदै आएको छ । मासुका अलवा यस जातको बाख्रा रौँ का लागि पनि पालिन्छयस जातको बाख्राको रौँ स्वदेश तथा बिदेशमा "पस्मिना"को रूपमा निकै प्रख्यात छ । यसका साथै त्यस भेगमा यस जातको बाख्रालाई भारी बोकाउन पनि प्रयोग गरेको पाइन्छ । च्याङ्ग्राको बोकाले आफ्नो तौलको करिब तीस प्रतिसत सम्मको तौलको भारी बोक्न सक्दछयस जातको वयस्क बाख्राको औसत तौल २७३० के.जी सम्मको हुने गरेको छ । यसले बर्षमा एक पटक मात्र बच्चालाई जन्म दिन्छ
  • सिन्हाल यो नेपालको उच्च पहाडी भेगमा पाइने बाख्राको जात हो ।  यो जातको बाख्रा औसतमा करिब ३५ किलो सम्मको हुन्छ भने बोका करिब ४०/४५ किलो सम्मको हुन्छउनका लागी पनि पालिने यस जातको बाख्राबाट बर्षमा करिब २०० ग्राम उन निकाल्न सकिन्छ ।
  • खरी स्थानीय मध्य उत्कृष्ट मानिने यस जातको बाख्रा नेपालको मध्य र तल्लो पहाडी भेगमा पालिदै आएको छ । यहाँको हावापानीमा यसको शारीरिक विकास, यसको संख्या, रोग प्रतिरोधात्मक क्षमता र यसले दिने उत्पादनको आधारमा यसलाई अन्य स्थानिय जात भन्दा निकै उत्कृष्ट जात मानिएको होपहिलो बेतमा एउटा मात्र बच्चालाई जन्म दिए पनि दोस्रो बेत बाट सामन्यता जम्ल्याहा पाठापाठी जन्म दिन सुरु गर्ने यस जातको बाख्रा २ बर्षमा ३ पटक सम्म ब्याउने गर्दछ यस जातको बाख्राको मासु पनि निकै राम्रो मानिन्छ
  • तराई  - यस जातको बाख्रा नेपालको तराई क्षेत्रमा पालिन्छयस जातको माउ बाख्राको औसत तौल १८ किलो सम्मको हुन्छ भने बोकाको औसत तौल ३२ किलो सम्मको हुन्छ । यस जातको बाख्राले पनि सामान्यता जुम्ल्याहा पाठापाठीलाई जन्म दिन्छ र राम्रो स्याहार पाएको खण्डमा बर्षमा ३ बेत सम्म गर्न सक्छ ।

आयातित जात

माथि उल्लेखित स्थानिय जात बाहेक नेपालमा बाख्राका केहि आयातित जात पनि पालिन्छन् नेपालमा अहिले बोयर, जमुनापारी, बरबरी, सानन् जस्ता आयातित जातहरु केहि चर्चामा आएका जातहरु हुन् भने बिटल सिरोही जस्ता आयातित जातका बाख्रा पनि पाइन्छन् ।

  • बोयर दक्षिण अफ्रिकामा बिकास भएको यस जातको बाख्रा सबै खाले हावापानीमा पनि पाल्न सकिन्छ। यो जात नेपालमा २०६५ सालमा बाख्रा अनुसन्धान केन्द्र, बन्दिपुरमा अनुसन्धानका लागी पालिएको थियो भने हाल यो जातको बाख्राको व्यावसायिक पालन नेपालको विभिन्न ठाँउमा गरिदै आएको छ । यो जातको बाख्राको रोग प्रतिरोधात्मक क्षमता स्थानिय जातका बाख्राहरुमा भन्दा धेरै पाइएको छ । बोयर बाख्राले एक पटकमा जुम्ल्याहा बच्चालाई जन्म दिन्छ भने २ बर्षमा पटक सम्म ब्याँउछ यसको शारीरिक बिकास पनि अन्य जातका बाख्राको तुलनामा छिटो हुन्छ। एउटा वयस्क बोयर बाख्राको तौल सय किलो सम्म पनि हुन सक्छ।
  • जमुनापारी- भारत मूल थलो भएको यश जातको बाख्रालाई हाम्रो गाउँघरमा "लामकाने बाख्रा" भनेर चिनिन्छ। हेर्दा शरीर लामो र अग्लो देखिएता पनि औसत शारीरिक तौल भने ४०-४५ किलो सम्म भएको पाइन्छ। दानापानी र अन्नको राम्रो व्यवस्था भएको अवस्थामा छिटोछिटो बनाउन सक्ने भएतापनि वर्षमा सरदर एकपटक मात्र ब्याउने, एकपटकमा एउटा मात्र सन्तानलाई जन्म दिने र पहिलोपटक ब्याउदा अलि छिप्पिएर मात्र ब्याउने हुँदा उत्पादनको दृष्टिले यसलाई त्यति राम्रो मानिदैन। प्राय वर्षातको समयमा ब्याउनु, चिसो ठाउँमा फस्टाउन नसक्नु, रोग प्रतिरोधात्मक क्षमता कम हुनु पनि यश जातका बाख्राको अवगुणहरु हुन्।
  • सानन्- ओसिलो र चिसो ठाउँ मनपराउने यो विशेषगरी दुधका लागि पालिने बाख्राको जात हो। यसले एकपटकमा प्राय दुइईवटा बच्चालाई जन्म दिन्छ। यसलाई स्थानिय जातका बाख्रा सँग क्रस गराएर मासुका लागि पनि पाल्न सकिन्छ। यिनीहरूको तैल ४०-४५ किलो सम्म हुन्छ ।
  • बारबारी- गर्मी मौसम मन पराउने यस जातको बाख्रा पहाडी भेगका लागि भने त्यति उपयुक्त मानिदैन। यसले चर्न त्यति जाँगर देखाउँदैन त्यसैले यसलाई काटेको घाँसपात र अन्नको भरमा पाल्नुपर्ने हुन्छ। यो मासु र दूध दुवैका लागि पालिन्छ। यश जातको बाख्राको बाख्राको तौल २०-२५ केजी सम्म हुन्छ भने बोकाको तौल २५-४० सम्म भएको पाइन्छ।

धेरै थरीका बाख्राका जात भएपनि बाख्रा पालन व्यावसाय सुरु गर्दा स्थानीय जातका बाख्राबाट सुरु गर्नु राम्रो हुन्छ। यसबाट जोखिम पनि कम हुने र सुरुवाती लागत पनि कम पर्न जान्छ। बरु यसलाई बिस्तारै नश्ल सुधार गर्दै लान सकिन्छ। अहिले नेपालमा वोयर र स्थानीय खरी जातको बाख्राको क्रस(ठिमाहा) उत्पादन र अन्य ब्यबस्थापनको हिसाबले निकै सफल हुँदै गइरहेको छ।

खोर व्यवस्थापन
बाख्रापालन व्यावसायमा खोर व्यवस्थापन पनि निकै महत्त्वपूर्ण पाटो हो। बाख्रा दुई किसिमले पाल्न सकिन्छ: एउटा बाँधेर र अर्को छोडेर। गाउँघरमा थोरै पाल्दा बाँधेर पालेको पाइन्छ भने धेरै पाल्दा छोडेर पालेको पाइन्छ। हामीले कुन तरिकाले बाख्रा पाल्न गइरहेका छौँ त्यही अनुसारले खोरको व्यवस्थापन गर्नुपर्ने हुन्छ।
खोर बनाउँदा स्थानीय श्रोत साधनको प्रयोग गर्यौँ भने हाम्रो खर्च कम पर्न जान्छ। स्थानीय काठ, बाँस, निगालो बाट पनि निकै राम्रो खोर बनाउन सकिन्छ।
खोर कत्रो बनाउने भन्ने कुरा हामीले पाल्ने बाख्राको सङ्ख्याले निर्धारण गर्छ। त्यही अनुसार साना पाठापाठी(३महिना सम्मका)का लागि प्रतिगोटा ०.२-०.३ वर्ग मिटर, अलि ठूला (३ देखि ९ महिना) का लागि प्रतिगोटा ०.६-०.७५ वर्ग मिटर, ९ महिना देखि १ वर्ष सम्मका लागि प्रतिगोटा ०.७५-१ वर्ग मिटर, माउ बाख्राको लागि प्रतिगोटा १.५-२ वर्ग मिटर र बयस्क बोकाको लागि २.५-०३ वर्ग मिटर क्षेत्रफल पुग्नेगरि बनाउनु पर्दछ।
बाख्राको खोर बनाउँदा जमिन भन्दा केही माथि उठाएर बनाउन राम्रो हुन्छ। खोरको भुइँ बनाउदा दुई फ्लाक वा काठ बिच करिब २ से.मि. छाडि बनाइयो भनेलमल व्यवस्थापनमा सहज हुन्छ र खोर पनि सुख्खा र सफा रहिरहन्छ। तर त्यसरी ठाउँ छोड्दा बाख्राको खुट्टा नै अड्किने गरि ठूलो ठाउँ चाहिँ छाड्नु हुदैन। खोरमा भेन्टिलेसनको राम्रो प्रबन्ध हुनुपर्छ। बाख्राले घाँसपात भुइँबाट खान खासै रुचि नराख्ने भएकाले खोर भित्र घाँसपात हाल्नको लागि टाट्नोको व्यवस्था हुनुपर्छ।
साना पाठापाठी, माउ बाख्रा र खसी बोकाको लागि खोर छुट्टाछुट्टै हुनुपर्दछ वा एउटै खोर भित्र फरकफरक खण्ड वा कोठा हुनुपर्दछ। साना पाठापाठी र उनीहरुको आमालाई भने एकअर्कालाई सजिलै देख्न सकिने गरि राख्नुपर्छ।
विभिन्न संक्रमण र परजीवीबाट जोगाउन खोर सफा र सुख्खा हुनु पर्दछ। खोरको तल जम्मा भएको मल पनि हप्तामा कम्तीमा पनि दुईपटक सफा गरिराख्नु पर्छ।
आहार व्यवस्थापन
अन्य पशुपालनको तुलनामा आहार व्यवस्थापनको दृष्टिले पनि बाख्रा पालन सजिलो छ। यसलाई विशेष खालको दानाको आवश्यकता पर्दैन। हाम्रै गाँउघरमा पाइने घाँसपात र दानापानीको भारमा नै बाख्रा पाल्न सकिन्छ। अझ घाँसपात पोषिलो र दाना पानी सन्तुलित भयो भने त्यसबाट अधिकतम उत्पादन लिन सकिन्छ।
प्रयाप्त घाँसका लागि हामीले खोरको वरिपरि डाले घाँसका बिरुवा लगाउन सक्छौं। कोइरालो, बकाइनो, इपिल, खयर आदि बाख्राले मन पराउने पोषिलो घाँसहरु हुन्। त्यस्तै हामीले हाम्रो खेर गएका काल्नामा नेपियर, स्टाइलो, सेटारिया जस्ता भुइँघाँस पनि लगाउन सक्छौँ। दानाका लागि स्थानीय रुपमै पाइने मकै, गहुँ, कोदो, तोरीको पिना आदि प्रयोग गर्न सकिन्छ। त्यस्तै कोसेबालीका लहरा, मास, मसुरो, केराउ आदिको कुसाउरो पनि बाख्रालाई खुवाउनका सकिन्छ।
बाख्राले हामीले दिएको घाँसपात र दानापानीकै आधारमा उत्पादन दिने भएकाले उनीहरुलाई प्रयाप्त घाँसपात र अन्नपानी उपलब्ध गराउन जरुरी हुन्छ। विहान र बेलुका गरि दिनमा दुईपटक घाँस हालिदिनु पर्छ। यदि बाख्राले हामीले हालिदिएको घाँस कत्ति नछाडि सबै खाइसकेको छ भने त्यो बाख्रालाई अप्रयाप्त भएको बुझ्नुपर्छ। बाख्रालाई सफा पानी पनि समयसमयमा प्रयाप्त मात्रामा दिइराख्नु पर्छ। अन्य बाख्राको तुलनामा गर्भवती र सुत्केरी बाख्रा, हुर्किदै गरेका पाठापाठी र ब्याडे बोकाको खानपानमा विशेष ध्यान पुर्याउनु पर्छ। यिनीहरूलाई पोसिलो घाँस र सन्तुलित दानापानीको बढि आवश्यकता हुन्छ।
तर यदि घाँसपात र दानापानी धेरै भयो भने त्यसले बाख्रामा पेट फूलिने समस्या ल्याउन सक्छ र जटिल अवस्थामा बाख्राको ज्यान नै पनि जान सक्छ।

प्रजनन व्यवस्थापन
बाख्राको जात अनुसार उसको पहिलो पटक व्याउने समय फरक फरक हुन्छ। कुनै जातका बाख्राले केही महिनामै बोका खोज्न थाल्छन् भने कुनै जातका बाख्राले पहिलोपटक बोका खोज्न एक वर्ष भन्दा धेरै समय पनि लगाउने गर्दछन्। सामान्यतया स्थानीय जातका बाख्राले पाँच महिनाको उमेरदेखि नै बोका खोज्न थाल्छन्। तर बाख्राको स्वास्थ्य र उत्पादनको दृष्टिले ७ महिनाको उमेर भन्दा पहिले बोका लगाउनु राम्रो हुँदैन। यदि बाख्रा शारीरिक रुपमा परिपक्व नभैसक्दै बोका लगाइयो भने बाख्राको प्रजनन क्षमतामा ह्रास आउने, तुहिने सम्भावना हुने, बच्चा जन्मिहाल्यो भने पनि समय नपुग्दै जन्मिने, पाठापाठी साना र अस्वस्थ हुने, पाठापाठीको राम्रो सँग शारीरिक बिकास नहुने जस्ता समस्या आउन सक्छन्। त्यस्तै बोका पनि राम्रो र उमेर पुगेको हुनु पर्छ। यदि बोका अस्वस्थ र अपरिपक्व रहेछ भने पनि माथि उल्लेख गरिएका जस्तै समस्या आउन सक्छन्। सामान्यतया पाठा ४/५ महिनाको उमेरदेखि नै बाख्राको पछिलाग्ने गरेतापनि बोका करिब ८/१० महिनाको भएपछि मात्र प्रजननको लागि उपयुक्त हुन्छ। धेरै चिसो समयमा(पुस/माघ) र बर्खा(असार, श्रावण) को समयमा पाठापाठी हुर्काउन गाह्रो हुनेभएकाले सकेसम्म यी समयमा नब्याउने गरि बाख्रालाई बोका लगाउदा पाठापाठी हुर्काउन सजिलो हुन्छ।
बाख्राले बोका खोज्दा निम्न लक्षणहरु देखाउछन्।
-पुच्छर हल्लाइरहनु
-खानामा रुचि नदेखाउनु
-नौलो आवाज निकालेर एकोहोरो कराउनु
-छिनछिनमा थोरै थोरै पिसाब फेरिरहनु
-सुत अलि सुनिए जस्तो देखिनु र कहिलेकाही सफा पानी बगाउनु
-अरु बाख्रामाथि चढ्नु वा चढ्न खोज्नु, आदि।
बाख्राले बोका खोजेको १०/१२ घण्टा भित्रमा बोकासँग भेट गराउनु पर्दछ।
अर्को निकै महत्त्वपूर्ण तर आम किसानले ख्याल नगर्ने कुरा के हो भने बाख्रा र त्यसलाई लगाउने बोका बिच नाता पर्नुहुँदैन। जस्तै आमा बाख्रालाई उसको सन्तान बोका, एउटै आमाका सन्तान बाख्रा र बोका बिच प्रजनन गराउनु हुँदैन। यसरी नाता पर्ने बाख्रा र।बोकाबाट जन्मिने पाठापाठीमा शारीरिक बिकास राम्रोसँग नहुने, रोग प्रतिरोधात्मक क्षमता कम हुने, अपांग जन्मिने र प्रजनन क्षमतामा ह्रास आउने समस्या देखिन सक्छन्।

स्वास्थ्य व्यवस्थापन
स्वस्थ पशुले मात्र राम्रो र अधिकतम प्रतिफल दिन सक्छ। पशुको स्वास्थ्यको बारेमा हामीले सामान्य भन्दा सामान्य कुरामा हेलचेक्राइ गर्यौँ भने त्यसले उत्पादनमा निकै गिरावट ल्याउन सक्छ। हामीले हाम्रो बाख्रा अस्वस्थ रहेको निम्न लक्षणबाट थाहा पाउन सक्छौं।
-खानमा रुचि नदेखाउनु
-बथानबाट छुट्टिएर एक्लै बस्न रुचाउनु
-उमेर अनुसार शारीरिक बिकास नहुनु
-दिशा पातलो हुनु वा दिसामा रगत देखिनु
-निकै गाढा पहेंलो पिसाब आउनु वा पिसाब रोकिनु
-स्वासप्रस्वासको गति बढ्नु, शरीरको तापक्रम बढ्नु, मुटुको धड्कन बढ्नु
-मुखबाट र्याल निकाल्नु
-अघिपछि झैँ फूर्तिलो नदेखिनु, आदि।
रोग लागेका वा रोगको शंका लागेका पशुको समयमै पहिचान गरि त्यसलाई बथानबाट छुट्टै राखेर चाँडोभन्दा चाँडो भन्दा चाँडो उपचार सुरु गर्नुपर्छ।
बाख्रालाई विभिन्न रोगबाट बचाउन निम्न कुराहरुमा विशेष ध्यान पुर्‍याउनु पर्छ।
-प्रयाप्त मात्रामा पोसिलो घाँसपात र सन्तुलित दानापानी उपलब्ध गराउने
- खोर सधैं सुख्खा र सफा राख्ने
- परजीवीबाट जोगाउने
- बिरामी बाख्रालाई समयमै बथानबाट छुट्टाउने
- अन्यत्रबाट ल्याएको बाख्रा बथानमा मिसाउनु अगाडि उक्त बाख्रा स्वस्थ रहेको निर्क्यौल गर्ने
- सम्भावित रोगहरुका बारेमा जानकारी राख्ने र नियमित खोप लगाउने

बाख्रामा लाग्ने संक्रमक रोगहरु ।

बाख्रामा मुख्यतया निम्न संक्रमक रोगहरु लाग्दछन् ।

  • खोरेत

यो बाख्रामा लाग्ने एकदमै विनाशकारी सरुवा रोग हो । यो पिकोर्ना(Picorna) भाइरस फेमिलि भित्र पर्ने एप्थो (Aptho) भाइरस बाट लाग्दछ।

लक्षणहरु

  • मुख तथा खुट्टामा घाउ, खटिरा देखिने ।
  • ज्वरो आउने ( ~१०४°F)
  • खाना नखाने वा कम खाने ।
  • हिडडुल गर्न नसक्ने।

 

उपचार तथा रोगथाम

    • गाउँका सबै बाख्रा हरुलाई प्रत्यक बर्ष खोप लगाउने ।
    • ठ्याक्कै उपचार नहुने भएकाले लक्षणअनुसार उपचार गर्नुपर्दछ।
    • मुख तथा खुट्टाको घाउलाई निमको झोल फिटकिरी, पोटास पानीले सफा गर्ने ।
    • खुट्टाको घाउलाई निलोतुथो (२%) ले सफा गर्ने ।
  • सि.सि .पि.पि (CCPP)

यो सर्ने खालको पुरानो निमोनिया हो । माइकोप्लाज्मा क्यापृकोलम क्यापृनिमोनी (Mycoplasma Capricolum Capripneumonie) ले गर्दा लाग्छ ।

 

लक्षणहरु

  • बाख्रा कमजोर देखिने ।
  • ज्वरो आउने ।
  • खोकी लाग्ने, नाक बाट सिगान बग्ने तथा स्वास्प्रस्वास्मा समस्या आउने ।

 

उपचार तथा रोकथाम

    • Tylosine दिनको १० mg प्रति के.जी को दरले ३ दिन सम्म मासुमा दिने ।
    • रोग देखिएका क्षेत्रका सबै बाख्राहरुमा खोप लगाउने ।

 

  • पि .पि आर (PPR )

यो पनि बाख्रामा लाग्ने एक किसिमको मुख्य संक्रमक रोग हो । यो Morbili Virus जीवाणु बाट लाग्दछ।

लक्षणहरु

  • १०४१०६ °F ज्वरो आउनु
  • कम्जोर देखिने खाना नखाने
  • नाक बाट सिगान बग्ने
  • अँाखा रातो हुने
  • मुख सुक्ने
  • ओठ तथा मुखमा खटिरा आउने ।

 

उपचार तथा रोकथाम

    • खोप लगाउने
    • खटिराहरु लाई फिटकिरीपानी वा पोटास पानीले सफा गर्ने
    • Erythromycin ,Tylosin  आदि औषधि प्रयोग गर्ने।

 

  • पेट फुल्ने (Bloat )

एक्कासि दानाको मात्रा बढाउदा वा बाख्रालाई कलिलो घाँस पात भयेको चरण क्षेत्रमा चराउदा येस्तो समस्या देखिन सक्छ।

लक्षणहरु

  • पेट फुल्ने (मुख्य लक्षण)
  • दिसा पिसाब बन्द हुने
  • बाख्रा एक्दम छट्पटाउने

उपचार तथा रोकथाम

    • एकैपटक दानाको मात्रा बढाउन हुदैन
    • खाने तेल तथा पाराफिन तेल २५० देखी ५०० ml सम्म खुवाउने ।
    • Bloatsil वा Tymphanil -१० ml मुखबाट दिने ।
    • येदि एक्दमै बढी छट्पटाएको अवस्थामा बाख्राको पेटमा ट्रोकार र क्यनुला छिराएर ग्यास निकाल्ने ।
  • साहालो

यो जीवाणु(भाइरस)बाट हुने रोग हो।

लक्षणहरु:

-सुरुमा ओठ र गिजाको वरिपरि साना फोकाहरु देखिने र पछि त्यो फोका फुटेर घाउ हुने

यसको उपचारको रुपमा नियमित घाउ सफा गर्ने  र हिमेक्स मलम लगाउने।

  • थुनेलो

विशेषगरी जीवाणुको आक्रमण वा पाठापाठीले दूध निखार्न नसक्दा थुनेलोको समस्या देखिन्छ। यो प्राण घातक रोग नभएपनि यसले उत्पादनमा भने निकै असर पर्न जान्छ।

लक्षणहरु

    • थुन/फाँचा सुनिने, दुखाइले छुन नदिने
    • ज्वरो आउने
    • दुधमा पिप र रगत देखिने

उपचार/रोकथाम

    • सरसफाइमा ध्यान दिने
    • पशु चिकित्सकको सल्लाह बमोजिम अौषधि खुवाउने     
1

Leave a Reply

NEXT POST

खुवा बनाउने विधि

दूधलाई लगातार रुपमा चलाउदै र उमाल्दै यसमा भएको पानीको मात्रालाई आंशिक रुपमा वाष्पिकरण गराएर तयार गरिएको अर्ध–ठोस (Semi solid) दुग्ध पदार्थलाई  खुवा भनिन्छ ।