Loading...

Please Wait..

Logo Nepal Veterinary Education
N.V.E.

Post Detail Page

Unlock Your Potential: Explore, Learn, Grow. Discover a World of Knowledge with Us Today!

3

Shares

कार्यविधि

बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि २०८१

POSTED BY Dr. Arun Khanal

Nov 13, 2024
4 weeks, 1 day ago

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मिति २०८१/०६/१६ गतेका दिन "बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१" स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । यो कार्यविधि कृषि, पशुपन्छी तथा मत्स्य व्यवसायमा हुने जोखिमहरुको आर्थिक सुरक्षा गर्दै यस्ता व्यवसायतर्फ कृषकलाई आकर्षण गरी कृषि क्षेत्रमा निजि तथा सहकारी क्षेत्रको लगानी सुरक्षित गर्न आवश्यक भएकाले नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको बुँदा नं. ४७ (साना किसानको बाली तथा पशुपन्छी बिमाको प्रिमियममा अनुदान प्रदान गर्न रु. १ अर्व ६५ करोड रकम छुट्याएको छु।) मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न बान्छनीय भएकाले स्वीकृत गरेको हो । यस अनुरुप उपलब्ध हुने अनुदान रकम स्वीकृत बजेट अनुरुप निश्चित प्रक्रिया पुरा गरे पश्चात पाइने र रकम अपुग भएमा बाँकी रकम आगामी वर्षको बजेटमा प्रस्ताव गरी उपलब्ध गराउनु पर्ने छ  । यस कार्यविधिले अनुदान प्रतिशत विमांक रकम अनुरुप परिमार्जन गरी धेरै बिमांकमा कम प्रतिशत र कम बिमांकमा धेरै प्रतिशत हुने गरी व्यबस्था गरेको छ । जसको प्रमुख उदेश्य भनेको साना तथा मझौला कृषकको लागि धेरै सहुलियत दिने रहेको देखिन्छ । बालि तथा पशुधन बिमाको प्रिमियम अनुदानको प्रावधान कार्तिक १ बाट लागु हुनेछ ।

1

Leave a Reply

NEXT POST

Quarantine System and its structure in nepal

Derived from the Greek word “Quaranth” which means period of 40 days. This is due to the 40-day. Isolation of ships and people practiced as a measure of disease prevention related to the plague.